
आइजोल, २२ नोभेम्बर (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) ले प्राप्त गोप्य सूचनाका आधारमा गरेको कारबाहीमा बीएसएफ आइजोल तथा मिजोरमका एक्साइज तथा नार्कोटिक्स विभागको संयुक्त टोलीले शनिबार पश्चिम आइजोल क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ।
संयुक्त अभियानका क्रममा ५.८९ किलो मेथाम्फेटामाइन तथा ४१ ग्राम हेरोइन बरामद गरिएको छ, जसको कुल अनुमानित मूल्य ४.७९ करोड़ रुपियाँभन्दा बढी आँकलन गरिएको छ।
अधिकारिहरूका अनुसार, अभियानका क्रममा चार जना लागूऔषध तस्करलाई पक्राउ गरिएको छ, जसमा दुई जना म्यान्मारका नागरिक समेत छन्। सबै आरोपीहरूलाई हिरासतमा लिएर आवश्यक कानुनी प्रक्रिया शुरु गरिएको छ।
बीएसएफ र राज्यको नार्कोटिक्स विभागले यस सफल अपरेशनलाई ड्रग तस्करीविरुद्ध चलिरहेको अभियानमा एक महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। अधिकारीहरूका अनुसार, सीमा क्षेत्रमा यस प्रकारका कारबाहीलाई अझ तीव्र बनाइनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी