
— अमेरिकी व्यवसायी रामा राजू मण्टेनाकी छोरी नेत्रा मण्टेनाको विवाह
उदयपुर, २२ नोभेम्बर (हि.स.)। उदयपुरमा राजसी विवाहको उल्लास अहिले शिखरमा पुगेको छ। शहर चारैतिर चमक–धमक, सेलिब्रिटीहरूको भीडभाड र अतिथिहरूको रौनकले झिलिमिली बनेको छ। शुक्रबारको साँझ त झन् बलिउड नै झिलहरूको शहर उदयपुरमै झरेको दस्तो भान भयो।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जूनियर आफ्नी प्रेमिका बेटिना एन्डरसनसँग उदयपुर पुगे, जहाँ उनीहरू बलिउड स्टार रणवीर सिंहसँग स्टेजमा जमेर नाचे। तीनै जनाको यो आकर्षक प्रस्तुति देखेर अतिथिहरू निरन्तर ताली बजाइरहे।
यो पावर कपल अमेरिकी उद्योगपति रामा राजू मण्टेनाकी छोरी नेत्रा मण्टेनाको विवाहमा सहभागी हुन आएको हो।
23 नोभेम्बरमा हुने यस शाही विवाहका प्रि-वेडिङ कार्यक्रमहरू शुक्रबारदेखि शुरु भएका छन्। पहिलो दिनमै बलिउड कलाकारहरूले समारोहलाई रंगीन बनाए। वरुण धवन, कृति सेनन, ज्याकलिन फर्नान्डिस र रणवीर सिंहले देसी बीट्समा धमाकेदार प्रदर्शन गरे। विश्वभरबाट आएका अतिथिहरू पनि उनीहरूसँगै नाच्दै रमाइरहेका थिए।
दिनको मुख्य आकर्षण रह्यो निर्माता–निर्देशक करण जौहरको रमाइला संवादले भरिएको टक शो। दूल्हा वामसी गडिराजू र दुलही नेत्रा मण्टेनासँग उनले गरेका रोचक कुराकानीले समग्र वातावरण हाँसो–ठट्टाले गुञ्जायमान बनाइदियो।
शुक्रबार राति उदयपुर एयरपोर्टमा अर्को स्टार पावर थपियो, जब हलिउडकी सुप्रसिद्ध गायिका जेनिफर लोपेज शहरमा आइपुगीन्। लीलामा उनको राजस्थानी शैलीमा फूल वर्षाएर स्वागत गरियो। शुक्रबार ताज लेक प्यालेसमा हल्दीको रीत पनि निकै उल्लासपूर्वक सम्पन्न भयो, जहाँ अतिथिहरू पहेंलो पहिरनमा नाचगानमा रमाइरहे।
यस शाही विवाहको विशेष होलिउड नाइट आज शनिबार साँझ हुनेछ, जहाँ जेनिफर लोपेजसँगै पपस्टार जस्टिन बिबरले पनि प्रस्तुति दिनेछन्। दुवै कलाकारले सिटी प्यालेसको भव्य माणक चौकमा परफर्म गर्ने कार्यक्रम छ।
आज साँझ ८ बजे सिटी प्यालेसको माणक चौकमा मेहन्दी र डिनर हुनेछ। त्यसपछि राति ११:३० बजेबाट ताज लेक प्यालेस र लीलामा छुट्टाछुट्टै ‘आफ्टर पार्टी’ राखिएको छ, जुन देर रातसम्म चल्नेछ।
यस राजसी विवाहको प्रमुख झलक बारात र फेरे रहनेछन्। बारात सिटी प्यालेसको बडी पलदेखि रामेश्वर घाटसम्म पुगिसकेको छ। मुख्य विवाह समारोह २३ नोभेम्बरमा पिछोला तालको बीचमा अवस्थित जगमन्दिर आइसल्याण्ड प्यालेसमा हुनेछ, जहाँ दुल्हा–दुलही सात फेरा लिएर जीवनसाथी बन्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी