
अलिपुरद्वार, 03 नोभेम्बर (हि.स.)। चक्रवाती तूफ़ान 'मान्था' -को प्रभाव लगभग समाप्त भइसकेको छ। अलिपुरद्वार जिल्लाको पश्चिम कंथालबाड़ी र मेजबिल गाउँमा लगभग 150 बिघा धानको खेत अहिले पनि पानीमा डुबेको छ।
किसानहरूको दाबी छ, केही धानका खेतहरूमा झन् अहिले पनि कम्मर-कम्मरसम्म पानी भरिएको छ भने केहीमा घुँड़ासम्म पानी छ। यसको निम्ति उनीहरूले राष्ट्रिय राजमार्ग प्राधिकरणलाई जिम्मेवार ठहराउँदै सोमवार व्यापक विरोध प्रदर्शन गरेर हाइवे नै जाम गरिदिए।
किसानहरूले आरोप लगाएका छन्, मेजबिल क्षेत्रस्थित गरिया नदीमा कंक्रिटको पुल निर्माण गर्ने कार्य विगत कैयौं महिनादेखि जारी छ। परिणामस्वरूप गिरिया नदीको बाटो लगभग बन्द अवस्थामा छ जसले गर्दा वर्षाको पानी नदीसम्म पुग्न सकिरहेको छैन। त्यसैले किसानहरू विरोध प्रदर्शन गर्दै निर्माणाधिन गिरिया पुलसम्म पुगे। आन्दोलनकारी किसानहरूले पुलको निर्माण कार्यलाई नैै रोकिदिए। त्यसपछि गिरिया डाइभर्जनमाथि उभिएर राष्ट्रिय राजमार्गलाई जाम गरिदिए।
जामको कारणले सप्ताहको पहिलो दिन दैनिक यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो। गिरिया ब्रिजका साइट इञ्चार्ज बुद्धदेव माइतिले घटनास्थलमा पुगेर आश्वासन दिए, चाँड़ै नै पान निकाल्ने व्यवस्था गरिनेछ। लगभग 40 मिनटपछि किसानहरूले जामलाई हटाए। तथापि किसानहरूको माग थियो, पानी निकाल्ने व्यवस्थासँगसँगै धानको क्षतिपूर्ति पनि दिनुपर्छ। किनभने अब अमन धान लगभग पाकिसकेको छ। पानीले सबै नष्ट गरिदिएको छ। यस सम्बन्धमा किसानहरूले एउटा माग पत्र बीडीओ र प्रखण्ड कृषि कार्यालयमा पनि सुम्पिने बताएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा