चिया बगान क्षेत्रमा कौशल विकासको लागि 750 करोड़ रुपियाँको निवेशः मुख्यमन्त्री
चिया बगान क्षेत्रमा कौशल विकासको लागि 750 करोड़ रुपियाँको निवेशः मुख्यमन्त्री


गुवाहाटी, 03 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले भने, राज्यको प्रत्येक जाति एवं समुदायको समान विकास नै उनको सरकारको प्रमुख लक्ष्य हो।उनले भने, सरकारले 500 जगन्नाथ सामुदायिक भवन-सह-कौशल केन्द्र स्थापना गर्नको लागि 750 करोड़ रुपियाँको एक दूरदर्शी पहल गर्ने घोषणा गरेको छ।

मुख्यमन्त्रीले बताए, सरकारले यस दिशामा केही कदम उठाएको छ र त्यसको सकारात्मक परिणाम पनि हामी सामु आइरहेको छ। चिया बगान क्षेत्रका युवाहरूको कौशल विकासको लागि ‘जगन्नाथ सामूहिक भवन’ र कौशल केन्द्रहरूको निर्माणार्थ 750 करोड़ रुपियाँ निवेश गरिएको छ। पूर्खौंदेखिको यी मिहेनती समुदायको आवाजलाई प्रायजसो नै बेवास्ता गरियो। आज त्यो मौन प्रगति, गौरव एवं उदेश्यको स्वरमा परिणत भइरहेको छ। यी केन्द्रहरूले सांस्कृतिक संरक्षण, सामुदायिक मेलजोल अनि कौशल विकासको लागि जीवन्त स्थानको रूपमा काम गर्नेछ जसले असमको चिया धरोहरलाई सम्मान गर्दै युवा प्रतिभाहरूाई पोषित गर्नेछ।

मुख्यमन्त्रीले आशा व्यक्त गरे, यस योजनाबाट चिया बगान क्षेत्रका युवाहरूले व्यवसायिक शिक्षा प्राप्त गरी आत्मनिर्भर बन्नेछन् साथै ‘नयाँ असम’- को निर्माणमा सहभागी हुनेछन्।ा यस साहसिक कदमसितै असमले समानता र समावेशी विकासप्रति आफ्नो प्रतिबद्धताको पुष्टि गर्दछ, यो सुनिश्चित गर्दछ कि दशकौंदेखि राज्यको पहिचानलाई पोषित गर्ने मानिसहरूले अब आत्मविश्वास पूर्वक एक उज्जवल,आत्मनिर्र भविष्य तर्फ कदम बढ़ाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande