असम मेडिकल कलेजको विकासका लागि मुख्यमन्त्रीले गरे 350 करोड़को घोषणा
असम मेडिकल कलेजको विकासका लागि मुख्यमन्त्रीले गरे 350 करोड़को घोषणा


गुवाहाटी, 03 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले डिब्रुगढ़स्थित असम मेडिकल कलेज एण्ड हस्पिटल (एएमसीएच)-को स्थापना दिवसमा शुभकामना दिँदै यसलाई राज्यको स्वास्थ्य यात्राको गौरवशाली प्रतीक बताए।मुख्यमन्त्रीले भने, राज्य सरकारले स्वास्थ्य क्षेत्रको विकासको लागि निरन्तर नयाँ रणनीति तथा कदमहरूमाथि काम गरिरहेको छ ताकि असमका मानिसहरूलाई राज्यभित्रै सर्वोत्तम चिकित्सा सेवा प्राप्त हुन सकोस्।उनले बताए, एएमसीएचमा नयाँ बुनियादी ढाँचाको विकासको लागि सरकारले 350 करोड़ रुपियाँभन्दा अधिक राशि आवन्टन गरेको छ। डा. सरमाले भने, हाम्रो लक्ष्य हो उत्कृष्ट चिकित्सा सेवा उपलब्ध गराउनु अनि उज्जवल भविष्य भएका युवा चिकित्सकहरूलाई तयार पार्नु।मुख्यमन्त्रीले एएमसीएच परिवारलाई स्थापना दिवसको हार्दिक शुभकामना दिँदै यसलाई असमको स्वास्थ्य क्षेत्रको अग्रदूत बताए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande