पञ्जाब विश्वविद्यालयमा सीनेट चुनाउमाथि रोक लगाउनु भनेको विद्यार्थीहरूको अधिकारमाथि सोझै हमला गर्नु होः एनएसयूआई
पञ्जाब विश्वविद्यालयमा सीनेट चुनाउमाथि रोक लगाउनु भनेको विद्यार्थीहरूको अधिकारमाथि सोझै हमला गर्नु होः एनएसयूआई


नयाँ दिल्ली, 3 नोभेम्बर (हि.स.)। भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)-ले पञ्जाब विश्वविद्यालय (पीयू)- को निर्वाचित सीनेट चुनाउमा प्रतिबन्ध लगाउने निर्णयको सोमवार कड़ा निन्दा गरेको छ। एनएसयूआईले यसलाई लोकतान्त्रिक परम्परा तथा विद्यार्थीहरूको अधिकारमाथि सोझै हमला बताएका छ।

एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरुण चौधरीद्वारा जारी एक बयानमा बताइएको छ, पञ्जाब विश्वविद्यालय (पीयू)-ले आफ्नो प्रतिष्ठित सीनेट चुनाउमाथि रोक लगाएको छ। सरकारले लोकतान्त्रिक प्रक्रियाहरूलाई कुल्चिने र विद्यार्थीहरूको मूल अधिकारलाई खोस्ने चेष्टा गरिरहेको छ। अब उसले छात्र संघको चुनाउमाथि पनि रोक लगाउनेछ। यो भ्रष्टाचारलाई प्रेरित गर्ने अनि विश्वविद्यालयलाई कुनै पनि संस्थानलाई सुम्पिने स्पष्ट प्रयास हो।

वरुण चौधरीले भने, सीनेट चुनाउ पञ्जाब विश्वविद्यालयको लोकतान्त्रिक व्यवस्थाको आधार हो। यस चुनाउको माध्यमबाट विद्यार्थी, शिक्षक एवं पूर्व विद्यार्थीहरूलाई नीतिगत निर्णयहरूमा सहभागी हुने अधिकार प्राप्त हुन्छ। तर यस चुनाउमाथि प्रतिबन्ध लगाएर प्रशासनले विद्यार्थीहरूको आवाजलाई दबाउने अनि राजनीतिक हस्तक्षेपको बाटो खोलिरहेको छ।

वरुण चौधरीले भने, एनएसयूआईको माग छ कि विश्वविद्यालय प्रशासनले तुरून्तै सीनेट चुनाउलाई बहाल गरेर पारदर्शिता, जवाफदेही तथा सबै हितधारकहरूको अधिकारलाई सुनिश्चित गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande