
चेन्नई, 3 नोभेम्बर (हि.स.)। तमिलनाडु कंग्रेस पार्टीका नेता सेल्वा पेरुंधकाईले कोयम्बटुरमा छात्रासित भएको सामूहिक बलात्कारको घटनाको निन्दा गरेको छ। उनले पुलिससित यौन अपराधहरूलाई रोक्नको लागि कड़ा कदम उठाउने अनि सरकारसित पीड़ित छात्राको उपचारको खर्चन वहन गर्ने माग गरेका छन्।
सोमवार सोशल मीडियाको एक पोस्टमा कंग्रेस नेता सेल्वा पेरुंधकाईले भने, कोयम्बटुरमा कलेज छात्रासित भएको सामूहिक बलात्कारको खबर अत्यन्त चकित पार्ने किसिमको छ। म यस सामूहिक बलात्कारको घटनाको कड़ा निन्दा गर्दछु। उनले भने, तथापि तमिलनाडु सरकारले यौन अपराधहरूलाई रोक्नको लागि कदम उठाउने प्रयास गरिरहेको भए पनि पुलिसको पर्याप्त निगरानी औ जागरूकताको अभावको कारमले यस्तो अत्याचार भइरहेको छ। पुलिसले यौन अपराधहरूलाई रोक्नको लागि कड़ा कदम उठाउनुपर्छ अनि यस्तो जघन्य घटनाहरूलाई कड़ाईपूर्वक दबाउनुपर्छ ताकि यस्ता घटनाहरूको पुनर्वावृत्ति नहोस्। कंग्रेस नेताले लेखे, पुलिसले युवा अनि महिलाहरूलाई उचित सुरक्षा दिनुपर्छ। म तमिलनाडुका मुख्यमन्त्रीसित अनुरोध गर्दछु कि उनले पुलिसलाई कड़ा कारबाही गर्नको लागि उचित आदेश दिउन् ताकि भविष्यमा कसैले पनि यस किसिमको अत्याचारको सामना गर्न नपरोस्। म सरकारसित अनुरोध गर्दछु, अस्पतालमा भर्ती छात्राको सम्पूर्ण उपचारको खर्च वहन गरोस्।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा