
गुवाहाटी 03 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले
सोमवार नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट गरे। यस भेटमा उनले
असमसित सम्बन्धितविभिन्न कल्याणकारी योजना
तथा अन्य महत्वपूर्ण विषयहरू बारे गृहमन्त्रीलाई जानकारी गराए। मुख्यमन्त्रीले
असमको विकासलाई सशक्त दिशा दिनमा गृहमन्त्रीको मार्गदर्शन र निरन्तर प्रयासहरूको
लागि उनीप्रति आभार व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा