आईआईटी खड़गपुरमा कविताहरूको गुञ्जः ‘काव्यसन्ध्या’-मा हिन्दीमाथि विशेष काव्य प्रस्तुति
आईआईटी खड़गपुरमा कविताहरूको गुञ्जः ‘काव्यसन्ध्या’-मा हिन्दीमाथि विशेष काव्य प्रस्तुति


खड़गपुर, 03 नोभेम्बर (हि.स.)। आईआईटी खड़गपुरको टेक्नोलजी लिटरेरी सोसाइटीको तत्वावधानमा आयोजित वार्षिक हिन्दी कवि सम्मेलन ‘काव्यसन्ध्या’-ले यस वर्ष नयाँ आयाम स्थापना गऱ्यो। टेक्नोलजी स्टुडेण्ट्स जिमखाना अन्तर्गत हुने यो साहित्यिक आयोजन संस्थाका विद्यार्थीहरूमाझ रचनात्मक अभिव्यक्तिको प्रमुख मञ्च बनिसकेको छ।

कार्यक्रम गए आइतवार राती नेताजी अडिटोरियममा सम्पन्न भयो भने कार्यक्रमको संचालन ऋषि कुशवाहा र कनिका मलिकले गरे। मञ्चमा एन.सी. साहिथ, अभिनव कुमार, अमितेश कुमार, दिग्दर्शन दक्ष, शिवम् सहित क्याम्पसका केही प्रमुख हिन्दी कवि विद्यीर्थीहरूले आ-आफ्नो प्रभावशाली प्रस्तुतिहरूबाट श्रोताहरूलाई मन्त्रमुग्द पारे। यसपालि काव्य प्रस्तुतिहरूमा हिन्दी भाषा, त्यसको संवेदन तथा आधुनिक युवा दृष्टिलाई केन्द्रमा राखिएको थियो जसले दर्शकहरूबाट भरमग्दुर प्रशंसा बटुल्यो।

यस वर्षको काव्यसन्ध्या अहिलेसम्मकै सबैभन्दा लामो रह्यो जुन आफ्नो पूर्ववर्ती आयोजनहरूभन्दा लगभग अढ़ाई घण्टा लामो। 22 जना कविहरूले यसमा भाग लिएका थिए जसमा प्रथम वर्षदेखि लिएर चतुर्थ वर्षसम्मका स्नातक, पाँचौं वर्षको द्वैतिक डिग्री छात्र औ स्नातकोत्तर विद्यार्थी सामेल थिए।

यस आयोजनको सबैभन्दा विशेष कुरा के थियो भने नवागन्तुक विद्यार्थीहरूले आफ्ना वरिष्ठहरूसित मञ्च साझा गर्ने अनि सिक्ने अवसर पाए। यसबाट नयाँ विद्यार्थीहरूमा आत्मविश्वासको सञ्चार मात्र नभएर क्याम्पसमा साहित्यिक वातावरणलाई पनि नयाँ ऊर्जा प्राप्त भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande