आरपीएफले अत्याचार गरेको आरोप लगाउँदै आईएनटीटीयूसी समर्थित हकरहरूले गरे विरोध प्रदर्शन
आरपीएफले अत्याचार गरेको आरोप लगाउँदै आईएनटीटीयूसी समर्थित हकरहरूले गरे विरोध प्रदर्शन


सिलगढ़ी, 03 नोभेम्बर (हि.स.)। आईएनटीटीयूसी समर्थित हकरहरूले आरपीएफमाथि अत्याचार गरेको आरोप लगाउँदै सोमवार एनजेपीमा विरोध प्रदर्शन गरे। प्रदर्शन सिलगढ़ी टाउन ब्लक-3 को तृणमूल संचालित श्रमिक संगठन आईएनटीटीयूसीले गरेको हो।

आरोप छ, रेलवे पुलिसले हरेक दिन हकरहरूलाई सताइरहेको छ। यति मात्र नभएर हकरहरूको सामान जफत गर्ने अनावश्यक जरीमाना असुल्ने जस्तो कृत्य गरिरहेको छ। त्यसैले हामी हकरहरूको आजीविका जोखिममा परेको छ।

सिलगढ़ी टाउन ब्लक-3 का अध्यक्ष सुजय सरकारले भने, रेलवे पुलिसले लगातार हकरहरूलाई समातेर जरीमाना लगाइरहेको छ। यसबाट धेरैैजना हकरहरू चिन्तित भएका छन्। यदि रेल प्रशासनले सप्रकारको कारबाहीलाई बन्द नगरे उनीहरूले एउटा ठूलो आन्दोलनको शुरूआत गर्नेछन्। यस सम्बन्धमा हकर्सको पक्षबाट रेल प्रशासनलाई ज्ञापन पनि सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande