
सोरेङ, 3 नोभेम्बर (हि.स.)। च्याखुङ खेलमैदानमा जारी 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल टुर्नामेन्टको पॉंचौं दिन आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले मुख्य अतिथिका रूपमा उपस्थिति दिए। टुर्नामेन्ट अन्तर्गत आज झापा एकादश, नेपाल र ब्रदरवुड एफसी, सिक्किमबीच खेल सम्पन्न भयो, जसमा ब्रदरवुड एफसी विजयी बन्यो। विजयी दलका खेलाड़ी नरेन्द्र छेत्रीलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्य अतिथि खालिङले आफ्नो सम्बोधनमा स्वर्गीय एलडी काजीको उल्लेखनीय योगदानमाथि प्रकाश पारे, जसले सिक्किममा लोकतन्त्रको शुरुवात गरे। उनले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ विधायक हुॅंदा स्वर्गीय काजीको सम्मानमा र सोरेङ च्याखुङ क्षेत्रमा खेलकुदको प्रबर्द्धन गर्न यस प्रतियोगिताको शुरुवात गरेको जानकारी गराए। उनले च्याखुङका जनताप्रति मुख्यमन्त्रीको समर्पण, हेरचाह र चिन्ता र क्षेत्रको उत्थानमा निरन्तर प्रयासहरूको सराहना गरे।
यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा एसबीएसका सल्लाहकार बिरेनचन्द्र राई, तिमी चिया बोर्डका अध्यक्ष आरके वालिङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल