कोयम्बटुरमा ल कलेजकी छात्रासित सामूहिक बलात्कार
कोयम्बटुरमा ल कलेजकी छात्रासित सामूहिक बलात्कार


-भाजपा नेता अन्नामलाईले घटनाको घोर निन्दा गरे

चेन्नई, 3 नोभेम्बर (हि.स.)। तमिलनाडुको कोयम्बटुरमा एकजना कलेज छात्रालाई अपहरण गरी तीनजना युवकहरूले बलात्कार गरी घटनास्थलबाट भागे। पुलिसले पीड़ितालाई एक निजी अस्पतालमा भर्ती गराएको छ। पुलिसले आरोपीहरूलाई खोजिरहेको छ। यस जघन्य अपराधको भाजपा नेता अन्नमलाई कुप्पुसामीले कड़ा निन्दा गर्दै राज्यको कानून व्यवस्थामाथि गम्भीर प्रश्न तेर्साएका छन्।

बताइए अनुसार कोयम्बटुरको चित्रा अन्तर्राष्ट्रिय हवाईअड्डाको पछिल्लोतिर खाली स्थानमा गए आइतवार राती लगभग 11 बजे कलेज छात्रा कारमा बसेर आफ्नो साथी विनीतसित बातचित गरिरहेकी थिइन्। यसै अवधि तीनजना युवकहरूले त्यहाँ आएर विनीतमाथि हमला गरे। त्यसपछि तीनैजना युवकहरूले छात्रालाई आफूहरूसितै लिएर गएर बलात्कार गरे अनि त्यहाँबाट भागे। गम्भीर रूपमा घाइते विनीतले पुलिसलाई घटनाको सूचना दिए। पुलिसले वरपरका क्षेत्रहरूमा खोजी गर्दा केही टाड़ाको स्थानमा छात्रालाई नग्नावस्थामा भेटियो। पुलिसले छात्रालाई एक निजी अस्पतालमा भर्ती गरायो साथै गम्भीर रूपमा घाइते विनीतलाई पनि कोयम्बटुर सरकारी अस्प्तालमा पठाइदियो। पिलामेडु पुलिसले घटनाको जाँच गर्नको लागि एक विशेष टीम गठन गरेको छ जसले तीनै आरोपीहरूलाई द्रूत गतिमा खोजिरहेको छ।

कोयम्बटुरमा यसरी एकजना कलेजकी छात्राको अपहरण र सामूहिक बलात्कारको घटना घटेपछि आम मानिसहरूमा आक्रोश व्याप्त भएको छ। भाजपाका पूर्व अध्यक्ष अन्नामलाई कुप्पुसामीले घटनाको निन्दा गरेका छन्। अन्नामलाईले एउटा भीडियो जारी गरी भने, यो खबर अचम्भित पार्ने किसिमको छ कि कोयम्बटुर अन्तर्राष्ट्रिय हवाईअड्डा नजिक हिजो राती एकजना ल कलेजकी छात्रासित तीनजना असामाजिक तत्वहरूले अपहरण गरी सामूहिक बलात्कार गरे। छात्रालाई अस्पतालमा भर्ती गरिएको छ, म शीघ्र स्वास्थ्य हुने प्रार्थना गर्दछु।

उनले आरोप लगाए, तमिलनाडुमा डीएमके सत्ता आएपछि महिलाहरूविरूद्ध यस किसिमको अपराध बढ़्दै गइरहेको छ। असामाजिक तत्वहरूलाई कानून वा पुलिसको कुनै डर छैन। डीएमके मन्त्रीहरूदेखि लिएर पुलिससम्मले अपराधीहरूलाई संरक्षण दिरहेका छन्। डीएमको सरकार यौन अपराधहरूलाई रोक्न वा महिलाहरूलाई सुरक्षा दिन विफल भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande