कोकराझाड़मा मोटरसाइकल र डम्पर आपस्तमा ठोक्कियो, दुई युवकको मृत्यु
कोकराझाड़मा मोटरसाइकल र डम्पर आपस्तमा ठोक्कियो, दुई युवकको मृत्यु


कोकराझाड़ (असम), 03 नोभेम्बर (हि.स.)। असममा कोकराझाड़ जिल्लाको शिलजान रोडमा गए आइतवार राती भएको एक भयानक सड़क दुर्घटनामा दुईजना युवकहरूको पीड़ादायी मृत्यु भयो। यो दुर्घटना त्यसबेला भयो जतिबेला एउटा मोटरसाइकल र डम्पर आपस्तमा ठोक्कियो।

मृतकहरूको पहिचान ग्वालपाड़ा जिल्लाको मालाझोरा निवासी परेश राभा (30) र गजापारा निवासी भवेश राभा (24)-को रूपमा भएको छ।

सूत्र अनुसार दुवै युवक कोकराझाड़को नायक गाउँस्थित एक रबर बगानमा श्रमिकको रूपमा कार्यरत थिए। आइतवार काम सकेर मोटरसाइकलमा घर फर्किरहेको बेला उनीहरूको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डम्पर ( एएस-19एसी-5779)-ले ठक्कर दियो। घटनामा दुवै युवक गम्भीर रूपमा घाइते भए। ट्राफिक पुलिसले उनीहरूलाई तत्कालै कोकराझाड़ मेडिकल कलेज एवं अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरले दुवैलाई मृत घोषित गरिदिए।

हाल दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि कोकराझाड़ मेडिकल कलेजमा राखिएको छ। पुसिलसे दुर्घटनामा सामेल डम्परलाई जफत गरी घटनाको अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande