
नयाँ दिल्ली, 3 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी ह्यूमन ट्राफिकिंग यूनिट (एएचटीयू)-ले दुई भिन्न मामिलामा बेपत्ता भएका नाबालिक किशोरीहरूलाई दिल्लीका अलग-अलग क्षेत्रहरूबाट सकुशल खोजेर परिवारसित भेट गराइदिएको छ।
क्राइम ब्राञ्चका एकजन् वरिष्ठ अधिकारीले सोमवार बताए, पहिलो मामिला थाना अलिपुरको हो जहाँ गत 25 अक्टोबरको दिन एकजना 16 वर्षीय किशोरी बेपत्ता भएको सूचना प्राप्त भएको थियो। यस सम्बन्धमा गत 1 नोभेम्बरको दिन बीएनएसको धारा 137(2) अन्तर्गत मामिला दर्ता गरिएको थियो।
मामिलालाई गम्भीर रूपमा लिएर एएचटीयू यूनिटले जाँचको जिम्मा आफ्नो हातमा लियो। इन्स्पेक्टर मनोज दहियाको निगरानीमा पुलिस टीमले तकिनिकी सर्भिलान्स तथा स्थानीय जाँचबुझपछि पत्तो लगायो, किशोरी आफ्नी आमासित झगड़ा भएको कारणले घरबाट हिँड़ेकी थिई। उ ट्रेनमा मार्फत ननिहाल शाहजहाँपुर (उप्र)-मा पुगेर आफ्नो हजुरबुवा-हजुरआमासित बस्दै आइरहेकी थिई।
दोस्रो मामिलामा रंहोलादेखि बेपत्ता भएकी 13 वर्षीय बालिकालाई नजफगढ़बाट उद्धार गरियो। पुलिस अधिकारी अनुसार दोस्रो मामिला थाना रनहौला क्षेत्रको हो जहाँ गत 24 सेप्टेम्बरको दिन एकजना 13 वर्षी बालिका बेपत्ता भएको रिपोर्ट दर्ता गरिएको थियो। मोबाइक कल डिटेल अनि तकनिकी सर्भिलान्सको आधारमा पुलिसले पत्तो लगायो कि बालिका आफ्नी आमासित पढ़ाईलाई लिएर झगड़ा गरेपछि घर छोड़ेर आफ्नो मामिको घर नजफगढ़ गएकी थिई। पुलिस टीमले दुवै नाबालिकलाई सुरक्षित खोजेपछि सम्बन्धित थानाहरूलाई सुम्पिदिएको छ ताकि अग्रिम कारबाही गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा