
गुवाहाटी, 03 नोभेम्बर (हि.स.)। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बाँसुरी वादक दीपक शर्माको 57 वर्षको आयुमा निधन भयो। प्रसिद्ध कलाकारले समवार बिहान 6:15 बजे चेन्नईमा अन्तिम सास लिए। उनी विगत लामो समयदेखिकै लिभर सम्बन्धि रोगले ग्रस्त थिए भने केही दिनअघि मात्र उनलाई उन्नत उपचारको निम्ति चेन्नई लगिएको थियो।
दीपक शर्माको जन्म 23 अगस्त, 1968-मा नलबाड़ी जिल्लाको पानी गाउँमा भएको थियो। उनी गुवाहाटीको अम्बिकागिरी नगरका निवासी थिए। उनको निधनबाट असम सहित सम्पूर्ण सांस्कृतिक जगतमा शोक व्याप्त भएको छ।
चेन्नई जान अगाड़ि संगीतकार गुवाहाटीको नेमकेयर अस्पतालमा उपचाराधिन थिए। आफू लामो समयदेखिकै बिमार रहे पनि शर्माले आफ्नो बाँसुरीका सुरहरूले सीमा पार गरे अनि त्यसलाई अन्तर्राष्ट्रिय ख्याति दिलाए।
पण्डित हरिप्रसाद चौरसियाका शिष्य शर्माले गुरूको विरासतलाई गरिमा तथा भक्तिभावको साथमा अगाड़ि बढ़ाए। आफ्नो बेजोड़ करियर अवधि उनले असमका केही महान सांस्कृतिक प्रतीकहरू जसमा डा. भूपेन हजारिका र जुबिन गर्गसितै राज्यको संगीत धरोहरमा अमेट छाप छोड़े।
आफ्नो एकल प्रदर्शन बाहेक शर्माले केही असमिया फिल्महरू जस्तै पनोई, जतिंगा इत्यादी औ लुइतक वेतिबो कुने के लागि संगीत निर्देशकको रूपमा काम पनि गरे। संगीतमा उनको योगदानको लागि सरमालाई केही प्रतिष्ठित सम्मान प्राप्त भएको छ जसमा वर्षको सर्वश्रेष्ठ संगीतकार (2006) - निजी च्यानल, संगीत प्रभा पुरस्कार, असम स्पोर्ट्स कल्चरल जूरी पुरस्कार-2007 तथा जैम्स अफ असम- 2008 द्वारा उनलाई सम्मानित गरियो। जुबिन गर्गको असामयिक निधन भएपछि फेरि अर्को संगीत रत्नको निधनमा असमले शोक मनाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा