
गुवाहाटी, 03 नोभेम्बर (हि.स.)। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बाँसुरी वादक दीपक शर्माको निधनमा असम भाजपा अध्यक्ष दिलीप सैकिया, केन्द्रिय मन्त्री सर्बानन्द सोनोवाल, गुवाहाटीकी सांसद बिजुली कलिता मेधी तथा अनेकौं गण्यमान्य व्यक्तिहरूले गहिरो शोक व्यक्त गरेका छन्।
दीपक शर्माको जन्म 23 अगस्त, 1968- मा नलबाड़ी जिल्लाको पानी गाउँमा भएको थियो भने उनी गुवाहाटीको अम्बिकागिरी नगरमा बस्थे। उनको निधनबाट असम लगायत सम्पूर्ण सांस्कृतिक जगतमा शोक छाएको छ। चेन्नई लैजानअघि संगीतकार गुवाहाटीको नेकेयर अस्पतालमा उपचाराधिन थिए।
भाजपा प्रदेश अध्यक्ष दिलीप सैकियाले आफ्नो सन्देशमा भने, दीपक शर्माले असम तथा देशको सांस्कृतिक धरोहरलाई समृद्ध बनाउनमा पुऱ्याएको योगदानलाईसदैव स्मरण गरिन्छ। उनले भने, “दीपक शर्माको असम सहित भारतको संगीत दुनियाँलाई शिखरमा पुऱ्याउनमा ठूलो योगदान रहिआएको छ। उनको निधन राष्ट्रिय जीवनको लागि अपूर्णीय क्षति हो। ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन् अनि परिवारलाई यस दुःखको घड़ीमा सहन गर्ने शक्ति दिउन्।”
आफ्नो सन्देशमा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले भने, दीपक शर्माको निधनको समाचार अत्यन्त दुःखदायी र असहनीय छ। यो असमको सांस्कृतिक जगतको लागि एक अपूर्णीय क्षति हो। म दिवंगत आत्मा शान्तिको लागि प्रार्थना गर्दछु अनि शोकाकुल परिवार तथा प्रशंसकहरूप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दछु।
गुवाहाटीकी सांसद बिजुली कलिता मेधीले आफ्नो श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, दीपक शर्मा असमको संस्कृतिको यस्ता राजदूत थिए जसले आफ्नो बाँसुरीको मधुर दुनले सारा विश्वका मानिसहरूको मन जितेका थिए। उनी जानु भनेको अत्यन्त दुःखको कुरा हो। म ईश्वरसित प्रार्थना गर्दछु कि दिवंगत आत्मालाई शान्ति मिलोस् अनि परिवारलाई यस दुःखको घड़ीमा शक्ति मिलोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा