सिउड़ीमा आदिवासी वृद्धासित सामूहिक दुष्कर्म, पुलिसमाथि लापरवाही तथा दबाव दिएको गम्भीर आरोप
सिउड़ीमा आदिवासी वृद्धासित सामूहिक दुष्कर्म, पुलिसमाथि लापरवाही तथा दबाव दिएको गम्भीर आरोप


बीरभूम, 3 नोभेम्बर (हि.स.)। बीरभूम जिल्लाको सिउड़ीमा प्रार्थना समाप्त गरेर घर फर्किरहेकी एकजना आदिवासी वृद्धासित जंगली क्षेत्रमा सामूहिक दुष्कर्म भएको घटना प्रकाशमा आएको छ। पीड़ितालाई अचेत अवस्थामा सिउड़ी अस्पतालमा भर्ती गरियो जहाँ उसको अनुहारमा गम्भीर चोटहरूको निशान पाइएको छ। भाजपाले आरोप लगाएको छ, चारजना मानिसहरूले महिलालाई जंगलभित्र लगेर सामूहिक बलात्कार गरे अनि पहिचान लुकाउनको लागि वृद्दाको अनुहार कुल्चिदिए।

भाजपा नेताहरूको आरोप छ, पुलिसले यस सम्पूर्ण मामिलालाई दबाउने चेष्टा गऱ्यो। अस्पतालमा पुगेका भाजपा कार्यकर्ताहरूलाई पुलिसले कथित रूपमा अपमानित गऱ्यो अनि महिलालाई उचित उपचार दिइनअघि नै अस्पतालबाट लगियो। सिउड़ी मण्डल-1 का भाजपा अध्यक्ष अभिजीत दासको भनाइ छ, “पुलिसले पीड़ितालाई उपचारको अवसर दिएन। एकजना जुनियर डाक्टरले रेफर मात्र लेखेर छोड़िदिए, किनभने पुलिसले चाप दिइरहेको थियो।”

पीड़िताको परिवारको भनाइ छ, उनीहरूले महिला चिच्याएको सुनेर उसलाई खोज्न शुरू गरे अनि घरदेखि लगभग आधा किलोमीटर टाड़ा जंगलभित्र उसलाई अचेत अवस्थामा भेटियो। परिवारले तुरून्तै अस्पतालमा पुऱ्यायो, तर त्यहाँ प्रशासनिक दबाव देखियो।

घटनापछि क्षेत्रको परिवेश तनाउग्रस्त भएको छ। पुलिसले दाबी गरेको छ, “जीरो टलरेन्स” नीति अन्तर्गत तुरून्तै जाँच शुरू गरिएको छ। जंगली क्षेत्रबाट नमूना एकत्र गरिएको छ। जाँचकर्ता अधिकारीहरूको भनाइ छ, आरोपीहरूलाई चाँड़ै पक्राउ गरिनेछ।अर्कोतिर घटनालाई लिएर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। भाजपाले पुलिस अनि प्रशासनमाथि मामिलालाई दबाएको आरोप लगाएको छ भने स्थानीय तृणमूल कंग्गरेसका नेतृत्वले यस घटनालाई “निन्दनीय” बताएका छन्। साथै भाजपामाथि सम्पूर्ण मामिलालाई राजनीतिक रंगमा रंगाएको आरोप लगाएका छन्। हाल सिउड़ीको स्थिति तनाउपूर्ण छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande