
कोलकाता, 3 नोभेम्बर (हि.स.)। भारतीय महिला क्रिकेट टीमको ऐतिहासिक विश्वकप विजयमा भारतीय जनता पार्टी (भाजपा)- को पश्चिम बंगाल एकाईका अध्यक्ष शमिक भट्टचार्यले बधाई दिएका छन्।
एउटा सन्देशमा उनले लेखे — “विश्वसर्वश्रेष्ठ भारतका छोरीहरू! इतिहास रच्दै पहिलो पटक भारतको महिला ब्रिगेडले विश्वकप जितेको छ। टीम इण्डियालाई हार्दिक बधाई एवं शुभकामना।”
उल्लेखनीय छ, गए आइतवार राती मुम्बईको डी.वाई. पाटिल स्टेडियममा कप्तान हरमनप्रीत कौरको नेतृत्वमा भारतीय महिला टीमले बेजोड़ प्रदर्शन गर्दै पहिलो पटक महिला विश्वकपको खिताबलाई आफ्नो झौलीमा पाऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा