
कोलकाता, 03 नोभेम्बर (हि. स.)। पश्चिम बंगालको राजनीतिमा बहुचर्चित अनुहार, पूर्व कोलकाता मेयर शोभन च्यटर्जी सोमवार आधिकारिक रूपमा तृणमूल कंग्रेसमा फर्के। पार्टी मुख्यालमा आयोजित एक कार्यक्रममा शोभन र उनका निकटवर्ती सहयोगी बैशाखी ब्नर्जीले आफ्नो राजनीतिको दोस्रो पारीको शुरूआत गरे। तृणमूलका वरिष्ठ नेताद्वय सुब्रत बक्सी तथा अरूप विश्वासले उनीहरूलाई पार्टीमा स्वागत गरे।
विगत लामो समयदेखिकै उनी फर्किने अनुमान लगाइँदै आएको थियो। बितेको महिना उनलाई न्यू टाउन कोलकाता डेभलपेन्ट अथोरिटी (एनकेडीए)-का चेयरम्यान बनाइएपछि यो अनुमान अझ तीव्र भएको थियो। अन्ततः सोमवार सबै छर्लङ्ग भएको छ। सरकारी जिम्मेवारी दिइएपछि उनी आउनुले उनका राजनीतिक संकेतहरूलाई अझ सशक्त बनाउँछ।
कार्यक्रममा शोभन च्यटर्जीले भने, पार्टीले उनलाई जुन जिम्मेवारी सुम्पिइएको छ, त्यसलाई निष्ठापूर्वक निर्वाह गर्नेछन्। उनले विश्वास व्यक्त गरे, आगामी दिनमा उनले आफ्नो प्रयासबाट पार्टीलाई अझ सशक्त बनााउनेछन्। कार्यक्रमपछि तृणमूल भवनबाट शोभन र बैशाखी अभिषेक ब्यनर्जीसित भेट गर्न कालीघाट पुगे।
शोभन र तृणमूलको सम्बन्ध वर्ष 2017-देखि बिग्रिएको थियो। उनले पहिला कोलकाताको मेयर त्यसपछि मन्त्री पदबाटैै राजीनामा दिएका थिए। विधानसभाको केही महत्वपूर्ण समितिहरूबाट पनि उनी टाँड़िएपछि अन्ततः पार्टीलाई उनले त्यागेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा