
कोलकाता, 3 नोभेम्बर (हि.स.)। भारतीय महिला क्रिकेट टीम विश्वकपमा विजय भएकोमा केन्द्रिय मन्त्री सुकान्त मजुमदारले सम्पूर्ण टीमलाई शुभकामना दिएका छन्। सोशल मीडियामा जीतको भीडियो साझा गर्दै केन्द्रिय मन्त्री डा. मजुमदारले भारतीय महिला क्रिकेट टीमलाई शुभकामना दिए।
उनले आफ्नो एक्स (पूर्व ट्विटर) पोस्टमा लेखे — “जय हो, विजयी भारत! 2025 महिला क्रिकेट विश्वकपमा बेजोड़ जीत दर्ता गरेर टीम इण्डिाले इतिहास रचेको छ। हाम्रो अद्भुत महिला क्रिकेट टीमलाई हार्दिक बधाई। तपाईहरूको साहस, खेलप्रतिको पागलपन तथा उत्कृष्ट प्रदर्शनले सम्पूर्ण राष्ट्रलाई गर्वले भरिदिएको छ।”
भारतीय महिला क्रिकेट टीमको यस ऐतिहासिक जीतमा देशभरि नै उत्सवको माहोल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा