
सिलगढ़ी, 03 नोभेम्बर (हि. स.)। ट्रकको चपेटमा परी एकजना महिलाको मृत्यु भएको छ। घटना फुलबाड़ी-गाजोलडोबा टिस्टा क्यानल रोडको पुटिमारी क्षेत्रमा भएको हो। यो समाचार लेखुञ्जेलसम्म पनि महिलाको पहिचान खुलेको थिएन।
स्थानीय सूत्र अनुसार गए आइतवार राती लगभग साढ़े नौ बजे फुलबाड़ी बजारबाट सामानहरू किनमेल गरी महिला घर फर्किरहेकी थिई। यसै क्रममा पुटिमारी क्षेत्रमा आइपुगेपछि नजिकैको एउटा कारखानाबाट आइरहेको ट्रकले महिलालाई आफ्नो चपेटमा लियो। महिलाको घटनास्थलमै मृत्यु भयो। खबर पाए लगत्तै एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। पछि मृतकाको शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले घातक ट्रकलाई आफ्नो कब्जामा लिएर सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा