भागोप्रमोद्वारा खरसाङको नयाँ महकुमा शासकलाई स्वागत साथै एसआईआर विषयमा चर्चा
bgpm


खरसाङ, 3 नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले खरसाङको नयाँ महकुमा शासकलाई स्वागत गर्नुका साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआईआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समिति, सभासदगण, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, युवा शक्तिका प्रतिनिधिहरु खरसाङमा हालैमा इस्लामपुर महकुमाको महकुमा शासकको रुपमा काम गरेर स्थानिन्तरण भएका महकुमा शासक आईएएस प्रिया यादवलाई स्वागत जनाए।

नयाँ महकुमा शासकलाई स्वागत जनाउनुका साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको एसआईआर विषयमा पनि चर्चा परिचर्चा गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उक्त टोलीमा केन्द्रिय सदस्य समीरदीप ब्लोन, सभासदद्वय प्रणाम रसाइली र नुरी शेर्पा, युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरूङ, शंकर रावत, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, दिपेन्द्र सेवा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस क्रममा 2002 को एसआईआर सूचीमा भएकाहरु ढुक्कै हुनुपर्ने र यदि सुचीमा नाम छैन भने पनि डराउनु नपर्ने, तर यस समस्याको लागि समाधान खोज्ने पनि बताइएको छ। यसका साथै भागोप्रमोले कसैको नाम नछुटोस् भनेर काम गर्ने भएको बताइएको छ‌। महकुमा शासकसित एसआईआर विषयमा बीएलओ र बीएलए विषयमा पनि छलफल गरिएको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande