डेटिङ एपमा मित्रता गरी युवतीले इन्जीनियरबाट ठगिन् 66 लाख रूपियाँ
डेटिङ एपमा मित्रता गरी युवतीले इन्जीनियरबाट ठगिन् 66 लाख रूपियाँ


नोइडा, 03 नोभेम्बर (हि.स.)। डेटिङ एपमा बनेकी मित्रले इन्जीनियरबाट 66 लाख रूपियाँ ठगिन्। युवतीले नोकरी छोड़िएको र मेडिकल एमरजेन्सी बताएऱ यो रकम मागेकी थिई। पीड़ितको शिकायतमा साइबर थानामा सोमवार मुद्दा दर्ता भएको छ।

अपर पुलिस उपायुक्त शैव्या गोयलले बताए, सेक्टर-62 निवासी पीड़ितले बताए, 24 जून 2023 मा टिन्डर एपमा शुभांगी मोन्टी सैनीको फ्रेन्ड रिक्वेस्ट आएको थियो। उनले स्वीकार गरे। त्यसको भोली पल्टदेखि टेलीग्राम र व्हाट्सएपमा दुवैबीच कुरा हुनथाल्यो। केही दिनपछि युवतीले बताइन् कि उसको नोकरी छोड़िएको छ। उसले रूपियाँको माग पनि गरिन्। पीड़ितले पहिलो पल्ट पाँच हजार रूपियाँ पठाएको थियो। आऱोपीले अनलाइन नै पीड़ितलाई प्रेमको जालमा फसाई। यसपछि आफू बिरामी भएको बताइन्। पीड़ितले उसको भनाईमा धेरै पल्ट रकम ट्रान्सफर गऱ्यो। सोही अवधि इन्जीनियरसित युवतीको उकील र केही साथीहरूले पनि कुरा गर्नथाले। पीड़ितले युवतीलाई भेट्ने इच्छा जाहेर गर्दा आरोपीले बहाना बनाउन थालिन्। साथै थप रूपियाँको माग गरिन् तर पीड़ितलाई शंका लाग्यो। केही दिनपछि पीड़ितले आफ्नो रूपियाँ फिर्ता माग्दा युवतीको साथी र उकीलले ब्ल्याकमेल गर्न थाले।

पीड़ितले तीन वर्षभित्र ठगहरूलाई 66 लाख 42 हजार 511 रूपियाँ ट्रान्सफर गरेका थिए औं रूपियाँ नदिँदा उनलाई ज्यानमाका धम्की दिइन थालियो। यसपछि उनले एनसीआरपी पोर्टलमा शिकायत दर्ता गरे। एडीसीपीको भनाई छ, यस मामिलामा आज मुद्दा पंजीकृत गरिएको छ। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande