
गान्तोक, 3 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले केन्द्रिय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाहसॅंग शिष्टाचार भेट गरेका छन्। राज्यपालले आज नयॉं दिल्लीमा केन्द्रिय मन्त्री शाहसॅंग भेट गरेको राजभवनले बताएको छ।
यस भेटको अवसरमा राज्यपाल माथुर र केन्द्रिय गृहमन्त्री शाहबीच सिक्किम राज्यमा चलिरहेका विभिन्न विकासात्मक गतिविधिहरूमाथि चर्चा भयो।
हिन्दुस्थान समाचार / बिशाल