
पश्चिम मेदिनीपुर, 03 नोभेम्बर (हि. स.)। राष्ट्रिय स्वयंसेवक संघ स्थापना भएको 100 वर्ष पूर्ण भएको अवसरमा आइतवार साँझ पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा एक भव्य विशिष्ट नागरिक सम्मेलन (नगरिक सम्मेलन) -को आयोजन गरियो। यस कार्यक्रममा 231 जना नागरिकहरूले भाग लिए जसमा 210 जना पुरूष र 21 जना महिला सामेल छन्।
कार्यक्रमका मुख्य अतिथिका रूपमा ठाकुरदास अधिकारी (विभाग संघचालक) उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा आशिष पान (जिल्ला संघचालक) मृत्युञ्जय जाना, (शिक्षक) तथा डा. प्रणव कुमार बर प्राध्यापक, घाटाल महाविद्यालय मञ्चमा उपस्थित थिए।
सम्मेलनको शुभारम्भ मंगलगीत र दीप प्रज्वलनबाट गरियो। उद्धाटन सत्रमा संघको 100औं वर्षको प्रेरणादायी यात्रा, समाजमा उसको भूमिका तथा संगठनात्मक कार्यहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।
मुख्य अतिथि ठाकुरदास अधिकारीले आफ्नो प्रेरक सम्बोधनमा भने, राष्ट्र निर्माण कुनै एक दिनको काम होइन, यो एक दिगो साधना हो। संगका स्वयंसेवकहरूले समाजको हरेक वर्गमा सेवा, संस्कार अनि संगठनको माध्यमबाट राष्ट्रलाई सशक्त बनाइरहेका छन्। संघ केवल शाखा वा कार्यक्रम होइन, भारतको सांस्कृतिक जागरणको एक विराट आन्दोलन पनि हो।
उनले अझ भने, जब प्रत्येक नागरिकले आफूभित्र सेवा तथा राष्ट्रभावलाई विकास गर्छ तब मात्र साँचो अर्थमा “स्वावलम्बी र आत्मनिर्भर भारत” -को निर्माण सम्भव हुनेछ।
विशिष्ट अतिथि डा. प्रणव कुमार बरले भने, संघ समाजलाई संगठित गर्ने एक निरन्तर प्रयास हो। युवा पिँढ़ी संघका आदर्शहरूबाट प्रेरणा लिएर राष्ट्रहितको कार्यमा अग्रसर हुनुपर्छ।
अन्तमा राष्ट्रगानको साथमा कार्यक्रमको समापन गरियो। यस अवसरमा ठूलो संख्यामा स्वयंसेवक, समाजसेवी, शिक्षाविद् तथा स्थानीय नागरिकहरूले राष्ट्रिय एकता तथा सेवा भावनाप्रति आफ्नो संकल्पलाई दोहोऱ्याए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा