लिव इनमा बसिरहेको युवकले चुन्नीले गला घोटेर गरेको थियो महिलाको हत्या
लिव इनमा बसिरहेको युवकले चुन्नीले गला घोटेर गरेको थियो महिलाको हत्या


कानपुर, 03 नोभेम्बर (हि.स.)। रायपुरवा थाना क्षेत्रको लक्ष्मीपुरवामा दुई दिन अगाड़ी भएको महिलाको निर्मम हत्या अरू कसैले नगरेर सालौदेखि लिविङमा बसिरहेको युवकले चुन्नीले गला घोटेर गरेको थियो। घटनालाई परिणाम दिएपछि उ घटनास्थलबाट भागेको थियो।

पुलिसले सीसीटीवी क्यामरा र सर्विलान्सको सहायताले हत्यारोपितलाई पक्राउ गरेको छ। यो जानकारी सोमवार डीसीपी सेन्ट्रल एसके सिंहले दिए। मृतका भारती गौतम (35) गए आठ वर्षदेखि आफ्नो रोहित उर्फ वाहिदको साथ लिव इनमा बसिरहेकी थिइ। लगभग सात महिना अगाड़ी उसकी आमा आशा देवीको निधन भएको थियो। यसपछि उ लक्ष्मी पुरवास्थित आफ्नो माइतामा वाहिदको साथ बस्न थालिन्। छिमेकीहरूले बताए, गए मंगलवार दुवैबीच जमेर झगड़ा भएको थियो। यसपछि सबैकुरा शान्त भएको थियो र हत्यारोपितले घर बाहिर ताला लगाएर भागेको थियो।

गत शनिवार अचानक बन्द कमराबाट असहनीय दुर्गन्ध आउँदा छिमेकीहरूले पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेको पुलिसले जब घरको ताला तोड़ेर हेरे तब भारतीको शव जमीनमा लड़ेको थियो। छिमेकीहरूबाट मृतकाको लिव इन पार्टनरबारे जानकारी पाइयो। आरोपीलाई समात्न क्राइम ब्राञ्च र सर्विलान्सको सहायता लिइयो। आज उलाई अफीम कोठी क्षेत्रबाट पक्राउ गरियो।

पुलिस उपायुक्त मध्य श्रवण कुमार सिंहले बताए, मृतका भारती वाहिद उर्फ रोहित नामको युवकको साथ लिव इनमा बसिरहेकी थिइन्। उसैले चुन्नीले गला घोटेर हत्या गरेको थियो। आरोपीलाई पक्राउ गरी जेल पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande