नशामा छोराले गऱ्यो आमाको हत्या
नशामा छोराले गऱ्यो आमाको हत्या


मीरजापुर, 03 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मीरजापुरको जिगना थाना क्षेत्रको बघेड़ा कला गाउँमा आइतवार अबेर राति रक्सीको नशामा छोराले आफ्नै आमाको ज्यान लियो। घरेलू विवादले यस प्रकार भयंकर रूप लियो कि पूरा गाउँ नै स्तब्ध छ।

जानकारी अनुसार, आइतवार राति लगभग 10 बजी रामसूरत बिन्द पुत्र स्व. दुखी बिन्द, निवासी बघेड़ा कला, नक्सीको नशामा धुत घरमा पुग्यो र आफ्नी पत्नी सुनीता देवीसित झगड़ा र कुटपिट गर्नथाल्यो। यो देखेर उसकी 65 वर्षीय आमा चमेलिया देवीले छोरालाई रोक्ने प्रयास गरिन्। यसबाट रूष्ट रामसूरतले आफ्नै आमामाथि हमला गऱ्यो र गला दबाउन थाल्यो। परिजनले जसो-तसो बचाएर मुर्छा परेकी चमेलियालाई उपचारको निम्ति अस्पताल लगिरहेका थिए तर बीच बाटोमै उनको मृत्यु भयो।

सूचना पाएर थानाध्यक्ष जिगना पुलिस बलको साथ घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पठायो। मृतकाको दोस्रो छोरा राममूरत बिन्दको शिकायतमा पुलिसले हत्याको मामिला दर्ता गर्दै आरोपी रामसूरत बिन्दलाई हिरासतमा लिएको छ।

अपर पुलिस अधीक्षक नगर रितेश सिंहले बताए, घटनास्थलमा शान्ति व्यवस्था सामान्य बनेको छ र अगाड़ीको वैधानिक कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande