पश्चिम बंगालमा बीएसएफले जफत गऱ्यो 20 लाख बंगलादेशी टका
पश्चिम बंगालमा बीएसएफले जफत गऱ्यो 20 लाख बंगलादेशी टका


नदिया, 04 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको नदियामा भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)- का जवानहरूले 20 लाख बंगलादेशी टका जफत गरी तस्करीको योजनालाई असफल बनाइदिएका छन्। जफत गरिएको विदेशी मुद्राको भारतीय मूल्य लगभग 14 लाख 45 हजार 638 रुपियाँ हुन्छ।

दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले बताए, गए सोमवार 161औं वाहनीको महाखोला सीमा चौकीका जवानहरूलाई तस्करहरूले चेकपोइन्टदेखि बच्नको लागि केराको बगान भएर अवैध गतिविधिहरूलाई परिणाम दिने चेष्टा गरिरहेको गुप्त सूचना प्राप्त भयो। त्यसपछि जवानहरूले एकजना संदिग्ध युवकलाई हातमा ब्याग बोकेर केरा बगान तर्फ गइरहेको देखे। उनीहरूले उसलाई रोक्ने प्रयास गरे, तर उ अँध्यारो र घना केराका बोटहरूको फाइदा उठाएर भाग्न सफल भयो। तर ब्यांगलाई घटनास्थलमैै छोड़ेको थियो। उक्त ब्यागलाई कब्जामा लिएर सीमा चौकीमा ल्याइयो जहाँ जाँच गर्दा 20 लाख बंगलादेशी टका थियो। बीएसएफले विदेशी मुद्रालाी जफत गरी अग्रिम कानूनी प्रक्रियाको लागि सम्बन्धित विभागलाई सुम्पिदिएको छ।

दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले बताए, भारत-बंगलादेश सीमामा अवैध तस्करी, मादक पदार्थको तस्करी तथा अन्य आपराधिक गतिविधिहरूमाथि लगाम कस्नको लगि बीएसएफले लगातार अभियान चलाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande