सिक्किम आइडल सिजन-2 को ग्राण्ड फिनाले आयोजन विषय समन्वय बैठक सम्पन्न
सिक्किम आइडल सिजन-2 को ग्राण्ड फिनाले आयोजन विषय समन्वय बैठक सम्पन्न


गान्तोक, 04 नोभेम्बर (हि.स.)। सिक्किम आइडल सिजन-2 को ग्राण्ड फिनाले आयोजनलाई लिएर आज रम्फूस्थित गेस्ट हाउसमा समन्वय बैठक आयोजन गरियो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको अध्यक्षता सम्पन्न बैठकमा तिमी चिया बोर्डका अध्यक्ष आरके वालिङ, रम्फूका एसडीएम, एसडीपीओ, रम्फू नगर पञ्चायतका प्रतिनिधिहरू आदि उपस्थित थिए।

बैठकमा कार्यक्रमको सुचारू सञ्चालन सुनिश्चित गर्न विभिन्न विषयहरूमाथि चर्चा गरियो, स्थल व्यवस्थापन, पार्किङ व्यवस्था, सुरक्षा समन्वय, प्रचार र समग्र रसद समावेश थियो। सिक्किम आइडल सिजन-2 को ग्रान्ड फिनाले भव्य र सुव्यवस्थित तरिकाले आयोजना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

आयोजक समितिले सबै विभाग, अधिकारीहरू र स्थानीय निकायहरूलाई उनीहरूका सक्रिय सहकार्य र प्रतिबद्धताको लागि कृतज्ञता व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande