गुटखा र पान मसालाको उत्पादन, भण्डारण एवं बिक्रीमाथि एक वर्षको लागि पुनः प्रतिबन्ध
गुटखा र पान मसालाको उत्पादन, भण्डारण एवं बिक्रीमाथि एक वर्षको लागि पुनः प्रतिबन्ध


कोलकाता, 04 नोभेम्बर (हि.स.)। राज्यमा गुटखा र पान मसालाको उत्पादन, भण्डारण, वितरण औ बिक्रीमाथि फेरि एकपटक प्रतिबन्ध लगाइएको छ। स्वास्थ्य विभाग (स्वास्थ्य भवन)-ले गए सोमवार जारी अधिसूचनाको माध्यमबाट यस प्रतिबन्धलाई एक वर्षको लागि अझ बढ़ाउने घोषणा गरेको छ।

राज्य सरकारले वर्ष 2012-देखि नै गुटखा, पान मसाला र चबाउने योग्यको तम्बाकू उत्पादहरूको उत्पादन र बिक्रीमाथि प्रतिबन्ध लगाएको छ। हरेक वर्ष यसको अवधिलाई बढ़ाउँदै नयाँ अधिसूचना जारी गरिन्छ। यसपालि नयाँ प्रतिबन्ध आगामी 7 नोभेम्बर, 2025-देखि प्रभावकारी हुनेछ जुन 6 नोभेम्बर, 2026 सम्म लागू रहनेछ।

स्वास्थ्य भवनको पक्षबाट बताइयो, यो निर्णय ‘खाद्य सुरक्षा औ मानक अधिनियम- 2011’ को “विक्रय सम्बन्धि नियन्त्रण औ निषेध”- का धाराहरू अनुरूप लिइएको हो। यस अधिनियम अन्तर्गत तम्बाकू वा निकोटिन युक्त कुनै पनि खाद्य पदार्थको निर्माण, भण्डारण र विक्रयलाई अस्वीकृत घोषित गरिएको छ।

राज्य सरकारको भनाइ छ, गुटखा र तम्बाकूयुक्त पान मसालाले स्वास्थ्यमाथि गम्भीर दुष्प्रभाव पार्छ, विशेष गरी क्यान्सर, मुखको रोग तथा श्वसन सम्बन्धि समस्याहरूको जोखिमलाई बढ़ाउँछ। त्यसैले यसमाथि निरन्तर प्रतिबन्ध जारी राख्न आवश्यक छ।

स्वास्थ्य विभागले जिल्लाधिकारी तथा स्थानीय प्रशासनलाई निर्देश दिएको छ कि उनीहरूले बजार तथा पसलहरूमा नियमित जाँच अभियान संचालन गरून् अनि नियमहरूको उल्लंघन गर्नेमाथि कड़ा कारबाही गरून्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande