
नयाँ दिल्ली, 4 नोभेम्बर (हि.स.)। रोहिणी जिल्लाको बेगमपुर क्षेत्रमा गए सोमवार अपरान्ह एकजना बुजुर्गको चक्कुले प्रहार गरी हत्या गरियो। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नजिकैको अस्पतालको शवगृहमा रखाएको छ। जाँचमा मृतकको पहिचान सुरेश राठी (59)-को रूपमा भएको छ।
पुलिसले हत्याको मामिला दर्ता गरी जाँच गरिरहेको छ। रोहिमी जिल्ला पुलिस उपायुक्त राजीव रञ्जनले बताए, बेगमपुर थानालाई अ्परान्ह लगभग 3:30 बजे पीसीआरमा हत्या भएको सूचना प्राप्त भयो। पुलिसलाई कलरले बताए, पिताको हत्या गरिएको छ। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले एउटा फ्ल्याटको बाथरूममा 59 वर्षीय व्यक्तिको रगताम्मे शवलाई फेला पाऱ्यो। ।
जाँचमा मृतकको पहिचान पकेट-16, सेक्टर-24 रोहिणी निवासी सुरेश कुमार राठीको रूपमा भयो। सुरेश दिल्ली जल बोर्डमा कार्यरत थिए। जाँचबुझमा मृतकका छोरा अंकुर राठीले पुलिसलाई बताए, तिनका पिता दुई दिनदेखिको घरमा आएका थिएनन् र फोन पनि उठाइरहेका थिएनन्। त्यसपछि तिनी पिताको अर्को फ्ल्याटमा पुगे जहाँको ढोका भित्रबाट बन्द थियो। घरको चाबी ल्याएर ढोका खोलेर हेर्दा पिताको शव भित्र थियो।
पुलिसले बतायो, मृतकको गलाको दाहिने तर्फ धारिलो हतियारले हमला गरिएको थियो। घटनास्थलमा क्राइम टीम र फोरेन्सिक टीमले पुगेर प्रमाण जुटाएको छ। शवलाई पोस्टमर्टम गर्नको लागि सञ्जय गानअधी अस्पतालमा पठाइएको छ। पुलिस अनुसार सुरेश राठीकी पत्नी अनिता राठी (55) गृहिणी हुन्। हाल पुलिसले घटनास्थल वरपरको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा