सिलचरको एक होटलबाट ड्रग्स जफत
सिलचरको एक होटलबाट ड्रग्स जफत


कछार, 4 नोभेम्बर (हिस)। असममा ड्रग्स विरोधी अभियान अन्तर्गत सिलचर पुलिसले सेन्ट्रल रोडस्थित शंकरी होटलमा छापा माऱ्यो जहाँ हेरोइन भेटियो जसलाई पुलिसले जफत गऱ्यो। पुलिसले यस सम्बन्धमा दुई महिला सहित चारजना मानिसहरूलाई हिरासतमा लिएको छ जोसित पुलिसले जाँचबुझ गरिरहेको छ। पुलिसले बतायो, होटलको एउटा कोठाभित्र भेटिएको दश वटा साबुनका डब्बाहरूमा लगभग 160 ग्राम हेरोइन थियो। यस मामिलामा पुलिसले अग्रिम जाँच जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande