एमसीडीका नेता सदन प्रवेश वाहीले भलस्वा ल्याण्डफिल साइटको गरे निरीक्षण
एमसीडीका नेता सदन प्रवेश वाहीले भलस्वा ल्याण्डफिल साइटको गरे निरीक्षण


नयाँ दिल्ली, 4 नोभेम्बर (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी)- का नेता सदन प्रवेश वाहीले मंगलवार भलस्वा ल्याणम्डफिल साइटको निरीक्षण गर्दै राजधानीका सबै रेजिडेन्ट वेलफेयर एसोसिएशन (आरडब्ल्यूए) -सित अपील गरेका छन्, उनीहरूले आफ्नो क्षेत्र तथा खाली रहेको ठाउँमा माटो भर्नको लागि भलास्वा ल्याण्डफिल साइटबाट निक्लेको इनर्ट माटोलाी प्रयोग गर्न सक्नेछन्।

प्रवेश वाहीले भने, यो भलास्वा ल्याण्ड फिल साइटमा प्रतिदिन 14 मीट्रिक टन मैला-कुचैलाहरू आउँछ र यसबाट 10 मीट्रिक टन मैलाको निस्तारण भइरहेको छ।

नेता सदनले भने, नगरनिगमले सरकारसित मिलेर आगामी वर्ष 2026-को अन्त अगावै भलास्वाको मैला-कुचैलाको पहाड़लाई पूर्ण रूपले समाप्त गर्नेछ। यो दिल्लीको स्वच्छता अनि पर्यावरण सुधारको दिशामा ऐतिहासिक कदम साबित हुनेछ।

वाहीले बताए, भलास्वा साइटबाट निक्लिरहेको इनर्ट माटोलाई अब उपयोग गर्न सकिन्छ। यस माटोको उपयोग तल्लो सतहको क्षेत्र अर्थात लो लाइंग एरियालाई भर्नको लागि गर्न सकिन्छ जसबाट वर्षा अवधि जलभरावको समस्यालाई समाप्त गर्न सकियोस् वा कम गर्न सकियोस्।

उनले भने, यो सुविधा दिल्ली नगरनिगमबाट निःशुल्क उपलब्ध गराइनेछ। यसको लागि मेयर कार्यालय, नेता सदन कार्यालय तथा जोनल उपायुक्त कार्यालयसित सम्पर्क गर्न सकिन्छ।

नेता सदन प्रवेश वाहीले दिल्लीका जनतासित अपील गर्दै भने, सबै मिलेर दिल्लीलाई स्वच्छ, सुन्दर तथा पर्यावरण अनुकूल राजधानी बनाउनेछौं। निगमले यस पहलको निम्ति सबै आरडब्ल्यूएलाी पूर्ण तकनिकी सहयोग तथा अन्य सहयोग दिनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande