
कोलकाता, 04 नोभेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका वरिष्ठ राजनेता औ पूर्व मन्त्री सुब्रत मुखर्जीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक एक्स (पूर्वमा ट्विटर) ह्याण्डलमा पोस्ट गरी लेखिन्, “वरिष्ठ राजनेता एवं पश्चिम बंगाल सरकारका पूर्व मन्त्री सुब्रत मुखर्जीको पुण्यतिथिमा म उनलाई आफ्नो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो राजनीतिक जीवनको शुरूआती समयमा मैले उनीबाट धेरै कुराहरू सिकेकी छु।”
ममता ब्यनर्जी र सुब्रत मुखर्जी लामो समयसम्म तृणमूल कंग्रेसमा सँगै थिए। दुवैले पार्टी संगठनलाई सशक्त बनाउन तथा राज्यको राजनीतिमा टीएमसीलाई सशक्त स्थान दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सुब्रत मुखर्जीको निधन वर्ष 2021-मा भएको थियो। उनी पश्चिम बंगालको राजनीतिमा एकजना प्रभावशाली तथा लोकप्रिय अनुहार थिए। उनले मन्त्री, विधायक र कोलकाता नगरनिगमका मेयरको रूपमा पनि आफ्नो भूमिका निर्वाह गरेका थिए।
मुख्यमन्त्री ममता ब्यानर्जीको उक्त पोस्ट हेरेपछि सोशल मीडियामा केही नेता तथा कार्यकर्ताहरूले पनि सुब्रत मुखर्जीलाई श्रद्धाञ्जली दिए अनि उनको योगदानलाई सम्झिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा