
कोलकाता, 04 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा विशेष गहन पुनरीक्षण प्रक्रिया (एसआईआर) शुरू भएको पहिलो दिन यस मुद्दालाई लिएर राजनीति तातिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार राजधानी कोलकातामा विराट ऱ्याली निकालेर यस प्रक्रियाको विरोध गरिन्। उनको आरोप छ, केन्द्र सरकार र चुनाउ आयोगले यस अभ्यासको नाममा “चुपचाप अदृश्य धाँधली” गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री ममता ब्यानर्जी सेतो साड़ी र चप्पलमा सबैभन्दा अग्र पंक्तिमा रहिन् भने उनको पछाड़ि पार्टीका हजारौं साना-ठूला नेता सामेल थिए। बाटैभरि फुटपाथ र बालकनीमा बसेका मानिसहरूलाई अभिवादन गर्दै उनी रेड रोडस्थित डाक्टर भीमराव अम्बेडकरको मूर्तिदेखि पनि अगाड़ि बढ़िन्। ऱ्याली लगभग साढ़े तीन किलोमीटरसम्म अगाड़ि बढ़ेपछि उत्तर कोलकाताको जोरासांको ठाकुरबाड़ी अर्थात गुरुदेव रवीन्द्रनाथ ठाकुरको पुर्ख्यौली आवास सामु पुगेर समाप्त भयो।
उनीसित पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जी सहित केही वरिष्ठ नेताहरू उपस्थित थिए। बाटैभरि हजारौं कार्यकर्ताहरूलाई झण्डा फहराउँदै नारा लगाइरहेको देखियो। कतिपय मानिसहरूले पोस्टर अनि ब्यानरलाई बोकेर सरकारको पक्षमा उभिएको देखियो।
तृणमूल कंग्रेसले भनेको छ, यस प्रक्रिया अवधि कुनै पनि वैध मतदाताको नाम सूचीबाट हट्नु अस्वीकार्य हुनेछ। साथै पार्टीले आरोप लगायो, विशेष पुनरीक्षणलाई लिएर भय फैलाइँदैछ जसले गर्दा केही मानिसहरूले आत्महत्या जस्तो कदम उठाइरहेका छन्।
मुख्यमन्त्री ममता ब्यानर्जीले ऱ्याली अवधि भनिन्, हामी कुनै पनि वैध मतदाताको अधिकार हनन हुन दिनेछैनौं। यो अधिकार हामीलाई स्वतन्त्रता सेनानीहरूको बलिदानबाट प्राप्त भएको हो र यसलाई खोस्ने अनुमति कसैलाई पनि दिन सकिँदैन।
नेता प्रतिपक्षले पनि ऱ्याली निकाले-
अर्कोतिर भारतीय जनता पार्टी (भाजपा)-ले तृणमूल कंग्रेसका आरोपहरूलाई पूर्ण रूपले गलत ठहराएको छ। विपक्षका नेता शुभेन्दु अधिकारीको अगुवाईमा उत्तर 24 परगना जिल्लाको पानीहाटीमा भाजपाले आफ्नो प्रदर्शन गऱ्यो। भाजपाको भनाइ छ, तृणमूल कंग्रेसले सुनियोजित ढंगमा यस प्रक्रियालाई राष्ट्रिय नागरिक पञ्जीकरणसित जोड़ेर भ्रम फैलाइरहेको छ, किनभने उसलाई आफ्ना समर्थक अवैध अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट हट्नसक्ने डरले सताएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा