
पश्चिम मेदिनीपुर, 04 नोभेम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी थाना क्षेत्रमा मंगलवार बिहान एकजना व्यक्तिको झुण्डिरहेको शव भेटियो जसले गर्दा क्षेत्रमा खैलाबैला मचियो। घटना खाजरा- 2 नम्बर ग्राम पञ्चायतको साईगेरिया गाउँ नजिक डाही जंगलमा भएको हो।
पुलिस सूत्र अनुसार मृतकको नाम निमाई हेमब्रम (आयु लगभग 70 वर्ष) हो जो केशियाड़ी थाना क्षेत्रको साईगेरिया गाउँका निवासी थिए। मंगलवार बिहान जंगलको बाटो प्रातः भ्रमण गर्न हिँड़ेका केही मानिसहरूले रूखमा शव झुण्डिरहेको देखेपछि तत्कालै स्थानीय मानिसहरूलाई बताए। त्यसपछि ग्रामीणहरूले केशियाड़ी थाना पुलिसलाई सूचना दिए। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई रूखबाट तल झारेर आफ्नो कब्जामा लियो। घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो। मृत्युको कारण पत्तो लाग्न सकेको छैन। पुलिसले शवलाई खड़गपुर महकुमा अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।
पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै स्पष्ट हुनेछ कि यो आत्महत्या हो वा यसको पछाड़ि अन्य कुनै कारण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा