
जलपाईगुड़ी, 04 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर जारी राजनीतिक खैलाबैलाबीच निर्वाचन आयोगले मंगलवारदेखि एसआईआरको प्रक्रिया शुरू गरेको छ। यसलाई मध्यनजर गर्दै जलपाईगुड़ी सदर बीडीओ कार्यालयमा गणना फारम संग्रह गर्ने काम शुरू भएको छ। सम्बन्धित बूथहरूका बीएलओहरूले उक्त गणना फारमलाई संग्रह गरिरहेका छन्। त्यसपछि घर-घरमा गएर एसआईआर फारम वितरण गर्ने कार्य शुरू हुनेछ। मंगलवार सम्बन्धित बूथहरूका बीएलओहरूले जलपाईगुड़ी सदर बीडीओ कार्यालयमा आएर गणना फारम संग्रह गरे।
प्रशासनिक सूत्र अनुसार जिल्ला प्रशासनको लक्ष्य निर्धारित समयभित्र यी फारमहरूलाई वितरण अनि संग्रह गर्ने कार्यलाई पूरा गर्नु हो। आज बिहानदेखिकै बीडीओ कार्यालय परिसरमा मानिसहरूको व्यापक चहल-पहल रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा