युवतीलाई रेड लाइट एरियामा बेचेको आरोपमा दुई महिला पक्राउ
युवतीलाई रेड लाइट एरियामा बेचेको आरोपमा दुई महिला पक्राउ


सिलगढ़ी, 04 नोभेम्बर (हि. स.)। सिलगढ़ीमा काम दिलाउने नाममा असमकी युवतीलाई रेड लाइट एरियामा बेचेको आरोपमा सिलगढ़ी महिला थानाको पुलिसले दुईजना महिलाहरूलाई पक्राउ गरेको छ। आरोपी महिलाहरूमध्ये एकजना सिलगढ़ी रेड लाइट एरियाकी निवासी नमिता दास र दोस्रो असम निवासी जमिरन निशा रहेको बताइएको छ।

पुलिसले दुवैविरूद्ध इंमोरल ट्राफिकिंग एक्ट औ बलजफ्ती वेश्यावृत्तिको लागि बाध्य बनाएको अन्तर्गत मामिला दर्ता गरी मंगलवार सिलगढ़ी अदालतमा पेश गरेको छ।

पुलिस सूत्र अनुसार 22 अक्टोबर, 2025-मा असमकी 21 वर्षीय युवतीले महिला थानामा एउटा लिखित सिकायत दर्ता गराएकी थिई। सिकायतमा युवतीले उल्लेख गरेकी छे, असम निवासी जमिरन निशाले परिचयको फाइदा उठाएर उसलाई सिलगढ़ीमा नानी हेर्ने काम दिलाउने बहानामा ल्याई अनि यहाँ ल्याएपछि उसलाई धोकाले रेड लाइट एरियामा नमिता दास कहाँ बेचिदिई।

आरोप छ, नमिता दासले उसलाई बलजफ्ती वेश्यावृत्ति गर्नको लागि बाध्य बनाई। यस अवधि युवती गर्भवती भई। एक दिन मौका पाएर युवती त्यहाँबाट भागी अनि सोझै महिला थानामा पुगी। थानामा युवतीले घटनाको विस्तृत जानकारी गराउँदै सिकायत दर्ता गराई। सो सिकायतको आधारमा महिला थानाको पुलिसले जाँच शुरू गऱ्यो। यसबीच दुवै आरोपी महिला क्रमैले जमिरन निशा र नमिता दास भागे। लगभग एक महिनाको जाँचपछि महिला थानाको पुलिसले दुवैलाई गए सोमवार राती रेड लाइट एरियाबाट पक्राउ गऱ्यो। मामिलाको जाँचको लागि आज दुवैलाई अदालतमा पेश गरी रिमाण्डको माग गरिएको छ जसबाट सम्पूर्ण मानव तस्करीको जरासम्म पुग्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande