
मुर्शिदाबाद, 04 नोभेम्बर (हि. स.)। मुर्शिदाबाद जिल्लामा एक पटक फेरि बम भेटिएको छ। घटनापछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। मंगलवार डोमकल थाना अन्तर्गत रायपुर क्षेत्रबाट पुलिसले दश वटा सकेट बम जफत गरेको छ।
पुलिस सूत्र अनुसार स्थानीय मानिसहरूको सूचनामा डोमकल थाना पुलिसले घटनास्थलमा पुगेर संदिग्ध वस्तुहरूको खोजी गऱ्यो जहाँ यी सकेट बमहरू भेटियो। घटनाको जानकारी तत्कालै बम निष्क्रिय दललाई दिइएको छ। पुलिसले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर खोजी अभियान शुरू गरेको छ। हाल यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि यी बमहरूलाई कुन उदेश्यले कहाँबाट ल्याइएको थियो।
यसपूर्व गए सोमवार अबेर राती पनि लालगोला थाना अन्तर्गत बाउसमारी गाउँबाट पनि आठ वटा ताजा सकेट बमलाई जफत गरिएको थियो। उक्त मामिलमा पुलिसले दुईजना मानिसहरूलाई पक्राउ गरेको छ जसलाई मंगलवार लालबाग महकुमा अदालतमा पेश गरियो।
उल्लेखनीय छ, पछिल्लो केही दिनभित्रमा मुर्शिदाबाद जिल्लामा बम भेटिएको यो तेस्रो घटना हो। केह दिनअघि बेलडांगा थाना अन्तर्गत शुरूलिया गेटपाड़ा क्षेत्रमा झाड़ीहरूको बीचमा आठ वटा सकेट बम भेटिएको थियो। यसरी लगातार बम भेटिएको घटनाले सम्पूर्ण जिल्लामा चिन्ता असुरक्षाको स्थिति उत्पन्न गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा