
मेदिनीपुर, 04 नोभेम्बर (हि. स.)। मेदिनीपुर रेलवे स्टेशन निकट मंगलवार एक रेल दुर्घटनामा एकजना महिलाको मृत्यु भयो। घटना गेट बजार क्षेत्रमा भएको हो जहाँ रेल लाइन पार गरिरहेकी महिलाको अचानक आएको ट्रेनको चपेटमा परी मृत्यु भयो। सूचना पाउनसाथ मेदिनीपुर आरपीएफ र जीआरपी (सरकारी रेलवे पुलिस) -को टीम घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर मेदिनीपुर जिल्ला अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो।
प्रारम्भिक जाँचमा मृतकाको पहिचान हुन सकेको थिएन, तर पछि स्थानीय मानिसहरूले बताए, महिलाको घर सूर्य नगर, रांगामाटी, मेदिनीपुर टाउन क्षेत्रमा अवस्थित छ। पुलिसले अब मृतकाको परिवारसित सम्पर्क गर्ने चेष्टा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा