
इटावा, 04 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको इटावामा महिलासित छेड़छाड़को मामिलामा गत बाह्र वर्षदेखि फरार हिँड़िरहेको आरोपी युवकलाई थाना जीआरपी पुलिसले पक्राउ गरेको छ। थाना जीआरपी पुलिसले आरोपी युवकलाई रात्रि पेट्रोलिङमा रेलवे स्टेशनबाट पक्राउ गरेको छ।
जीआरपी थाना प्रभारी निरीक्षक दिनेश प्रकाश शर्माले बताए, गत 10 नोभेम्बर 2013 मा महिलासित छेड़छाड़को सम्बन्धमा धारा 354 अन्तर्गत थाना जीआरपीमा मुद्दा दर्ता गरिएको थियो। तर आरोपी युवक थानाबाटै जमानतमा रिहा भएदेखि अहिलेसम्म न्यायालयमा उपस्थित भएको थिएन र आरोपीको उपस्थितिको निम्ति न्यायालयद्वारा बारम्बार आदेश जारी गरिँदैथियो। न्यायालयद्वारा आरोपी युवक संदीप दुबे विरूद्ध गैर जमानती वारन्ट जारी गरिएको थियो तर आरोपी आफ्नो गिरफ्तारीदेखि बच्नका लागि बारम्बार आफ्नो ठेगाना बदली गरी कहिले दिल्ली त कहिले मैनपुरी र इटावामा अलग अलग ठाउँङरूमा बसिरहेको थियो। सोही क्रममा आरोपी युवकको गिरफ्तारीको निम्ति रात्रि पेट्रोलिङ गरिँदैथियो। पुलिसले आऱोपी युवक संदीप उर्फ आकाश दुबे पुत्र कमलेश दुबे निवासी फ्रेन्ड्स कोलोनीलाई इटावा रेलवे स्टेशनबाट पक्राउ गरेको छ। आरोपीलाई न्यायालयमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी