
बागपत, 04 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लामा तीन युवकले दोकानमा आएकी छात्राको साथ छेड़छाड़ गरे। यसको विरोध गर्दै छोरीलाई बचाउन आएका पितालाई पनि चक्कू घोपेर घाइते बनाइयो। आरोपीहरू घटना भएदेखि फरार छन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
बागपत कोतवाली क्षेत्रको काठा गाउँमा कक्षा 11 की छात्रा सोमवार साझँ दोकानमा समान लिन गएकी थिई। तीन युवक त्यही समय दोकानमा पुगे औं छात्राको साथ छेड़छाड़ गर्नथालेको आरोप छ। यस अवधि छात्राका पिता इकरामुद्दीन पनि आए औं उनले विरोध गर्दै ती युवकहरूलाई धम्काउँदा युवकहरूले छात्राको पितामाथि नै हमला गरे। चक्कु घोपेर उनलाई घाइते बनाए। छोरीले घाइते इकरामुद्दीनलाई अस्पतालमा भर्ती गराएकी छे।
मंगलवार बिहान पीड़ित छोरीले बागपत कोतवालीमा पुलिसलाई मामिलाको जानकारी दिँदै कारबाहीको माग गरेकी छे। कोतवाली प्रभारी दीक्षित त्यागीको भऩाई छ, शिकायत दर्ता गरी कारबाही गरिँदैछ। शिकायतपथि आऱोपीहरू घरबाट फरार छन्।
हिन्दुस्थान समाचार / भवानी थामी