
रायपुर, 04 नोभेम्बर (हि.स.)। नशाको कारोबार विरूद्ध ठूलो कारबाही गर्दै आमानाका पुलिसले लगभग 3 लाख 50 हजार रूपियाँ मूल्यको हेरोइन जफत गरेको छ।
पुलिसले यस मामिलामा दुई तस्करलाई पक्राउ गरेको छ, जसले ट्रकमा नशालु हेरोइन लुकाएऱ बेच्ने योजना बनाएका थिए। तस्करहरूले ट्रकको माध्यमले हेरोइनको डिलीवरी गर्न गइऱहेको पुलिसले गुप्त सूचना पाएको थियो। सूचनाको आधारमा कारबाही गर्दै पुलिसले रेड गरेर आरोपीहरू हरदीप कुमार र मनजीत सिंहलाई पक्राउ गऱ्यो।
सोधपुछमा दुवैले आफूलाई पञ्जाबको तरणतारण जिल्लाको निवासी बताएका छन्। पुलिसले उनीहरूदेखि 34.60 ग्राम हेरोइन, एक तौलिने मशीन, दुई रेडमी मोबाइल फोन र एक ट्रेलर वाहन जफत गरेको छ। जफत गरिएको हेरोइनको अनुमानित दर बजारमा लगभग साढ़े तीन लाख रुपियाँ मापिएको छ।
पुलिसले दुवै आरोपी विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत अपराध दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी