माझीगाउॅंमा संदिग्ध हेरोइनसहित एक व्यक्ति पक्राउ
arrest


गान्तोक, 4 नोभेम्बर (हि.स.)। जोरथाङ पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम हेमन्त छेत्री बताइएको छ। उनी मूलरूपमा योक्सम निवासी हुन् भने हाल जोरथाङ, माझीगाउॅंमा बस्दै आएका छन्।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पुलिसलाई माझीगाउॅं निवासी हेमन्त छेत्री प्रतिबन्धित नशालु पदार्थको ब्रिकी-वितरणमा संलग्न रहेको विश्वसनीय स्रोतहरूबाट सूचना प्राप्त भयो। सूचनाको आधारमा पुलिस कर्मीहरू आरोपीको किरायको कोठामा पुगे। कानुन अन्तर्गत स्वतन्त्र साक्षीहरूको उपस्थितिमा कोठाको छानबिन गरियो।

यस क्रममा कोठाबाट 13.65 ग्राम संदिग्ध हेरोइन बरामद गरियो। पुलिसले आरोपीलाई तत्काल पक्राउ गऱ्यो। आरोपीको मोटरसाइकल र मोबाइल फोन पनि जफत गरिएको छ। आरोपी विरुद्ध एनडीपीएस अधिनियम, 1985 अन्तर्गत मामिला दर्ता गरिएको छ र कानूनी कारबाहीलाई अगाडि बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande