टर्जम पोख्रेबुङ गोल्डकपको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय
टर्जम पोख्रेबुङ गोल्डकपको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय


दार्जिलिङ, 4 नोभेम्बर (हि.स.)। पूर्व सैनिक अर्धसैनिक टर्जमद्वारा आयोजित टर्जम पोख्रेबुङ गोल्डकप फुटबल टुर्नामेन्टको तेस्रो दिनको म्याचमा तरुञ्जबारी एफसी सिलगढी बिजय बनेको छ।

तेस्रो दिनको म्याच तरुञ्जबारी एफसी सिलगढी र सुबोध अकादमी सिलगढीबीच भीडन्त भयो, जसमा तरुञ्जबारी एफसीले 1 को विरुद्ध 3 गोलले विजय हासिल गरेको छ‌। अब भोलि, बुधवारको म्याच कञ्चनजङ्घा फुटबल क्लब सिलगढी बनाम कुमार स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ।

यो म्याच दिउँसो 1:30 बजीदेखि शुरू हुने आयोजक समितिको तर्फबाट महासचिव राजेस तामाङले जानकारी गराएका छन्। उनले पूर्व सैनिक अर्धसैनिक टर्जम पोख्रेबुङको आयोजनामा गत आइतबारदेखि गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande