
पूर्व बर्दवान, 9 नोभेम्बर (हि.स.)। जिल्लाको कालना क्षेत्रमा गए शनिवार बिहान सड़क किनारमा 27 वटा एन्युमरेशन फारम भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचाएको छ। घटना उत्तर गोयारा क्षेत्रको मण्डलपाड़ा नजिकै अवस्थित राज्यमार्गको हो।
स्थानीय सूत्र मुताविक बिहान मानिसहरूले सड़कमा केही कागजहरू छरिएको देखे। त्यसै बेला भाजपाका बीएलए काशीनाथ मण्डलले ती कागजहरूलाई भेला गर्न थाले। मानिसहरूले उनलाई उक्त कागजको बारेमा प्रश्न गरे। उनले बताए अनुसार ती कागजहरू दक्षिण दिनाजपुर जिल्लाको जगन्नाथबाटी क्षेत्रको एन्युमरेशन फारम थिए।
स्थानीय मानिसहरूले ती फारमहरूलाई पुलिसमा सुम्पिदिने आग्रह काशीनाथ मण्डलसित गरे। केही समयपछि खबर पाएर कालना थानाको पुलिस घटनास्थलमा पुग्यो अनि फारमहरूलाई जफत गऱ्यो। पुलिसले काशीनाथ मण्डललाई जाँचबुझको लागि थानामा लग्यो।
काशीनाथ मण्डलले पुलिसलाई बताए, उनी उक्त सड़क भएर गुज्रिरहेका थिए, यसै बेला फारमहरूलाई देखे अनि प्रशासनलाई सुम्पिनको लागि एकत्र गरेका थिए।
स्थानीय तृणमूल नेता सन्दीप बसुले भने, “सबैभन्दा ठूलो प्रश्न के छ भने भाजपाका एकजना कार्यकर्ताकहाँ प्रशासनद्वारा वितरण गरिएको फारम कसरी पुग्यो? हाम्रा कुनै पनि कार्यकर्तासित यस्तो फारम छैन। भाजपा र चुनाउ आयोगले एका-अर्काको पूरकले जस्तै काम गरिरहेको छ। तर बंगालका जनताले उनीहरूको षड़यन्त्रलाई असफल बनाइदिनेछन्।”
यता भाजपाका स्थानीय मण्डल अध्यक्ष गौर मण्डलले प्रत्याक्रमण गर्दै भने, हाम्रा कार्यकर्ता सड़कमा फालिएको फारमलाई भेला गरेर बीडीओ कार्यालयमा जमा गर्न गइरहेका थिए, तर तृणमूल कार्यकर्ताहरूले राजनीतिक कारणले त्यसलाई सुम्पिदिए। पुलिसले तृणमूलको दबावमा काम गरिरहेको छ। हामी यसको कड़ा विरोध गर्छौं।
प्रशासनिक सूत्र अनुसार प्रारम्भिक जाँचमा थाहा लागेको छ, उत्तर दिनाजपुर प्रशासनको एउटा वाहन कोलकातादेखि बालुरघाट तर्फ गइरहेको थियो, यसै अवधि केही फारमहरू दुर्घटनावश बाटोमा झरे।
कालनाका एसडीपीओ राकेश कुमार चौधरीले भने, स्थानीय मानिसहरूको सिकायतको आधारमा एकजना व्यक्तिलाई जाँचबुझको लागि ल्याइएको छ। सड़कमा फारम कसरी पुग्यो भन्ने कुराको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा