
खड़गपुर (पश्चिम मेदिनीपुर), 09 नोभेम्बर (हि. स.)। जिल्लाको खड़गपुरस्थित प्रतिष्ठित हितकारिणी हाई स्कूलले यस वर्ष आफ्नो शताब्दी वर्षको भव्य उत्सव मनाइरहेको छ। हिन्दी माध्यम शिक्षाको यस ऐतिहासिक केन्द्रको स्थापना सन् 1925-मा भएको थियो। पछिल्लो सय वर्षमा यस विद्यालयले हजारौं विद्यार्थीहरूलाई शिक्षा अनि संस्कारको मार्ग देखाएको छ।
विद्यालयका प्रधान शिक्षक प्रभारी उमेश चन्द्र सिंहले बताए, शतवर्ष उत्सवको शुरूआत आगामी 19 नोभेम्बरमा प्रभात फेरीबाट हुनेछ भने मुख्य कार्यक्रम बिहान 11 बजे आयोजना गरिनेछ। उनले भने, हितकारिणी हाई स्कूल एक शिक्षण संस्थान मात्र नभएर समाजको चेतनाको प्रतीक पनि हो। यो विद्यालय खड़गपुरमा हिन्दी माध्यम शिक्षाको स्तम्भ रहिआएको छ र यसले सय वर्ष पूरा गर्नु भनेको हामी सबैको लागि गौरवको कुरा हो।
विद्यालयमा वर्तमानमा लगभग 1600 विद्यार्थी अध्ययनरत छन्। 24 जना शिक्षक र 7 जना गैर-शैक्षणिक कर्मचारीहरूले विद्यालयको संचालनमा सहयोग गरिरहेका छन्। विद्यालयको विकासको निम्ति उद्यपान समिति पनि गठन गरिएको छ जसको अध्यक्ष सकल देव शर्मा, कार्यकरी अध्यक्ष सुखमय प्रधान अनि सचिव उमेश चन्द्र सिंह रहेका छन्।।
प्रेस वार्तामा बताइयो, शताब्दि समारोह वर्षैभरि चल्नेछ। यस अवधि सांस्कृतिक कार्यक्रम, पू्र्व विद्यार्थीहरूको मिलन समारोह, स्मारिका प्रकाशन तथा विद्यालयका उपलब्धिहरूको प्रदराशनी जस्ता विविध आयोजन गरिनेछ। खड़गपुर क्षेत्रका बस्तीहरूमा बसोबास गर्ने झोपड़ी बस्तीका नानीहरूको संख्या अधिक छ जसलाई शिक्षाको मुख्यधारासित जोड़्ने प्रयास विद्यालयद्वारा लगातार गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा