
नयाँ दिल्ली, 9 नोभेम्बर (हि.स.)। उत्तर पश्चिम जिल्लाको सुभाष प्लेस थाना पुलिसले 6 वर्षीय बालकको अपहरणको मामिला सुल्झाउँदै एकजना आरोपीलाई पक्राउ गरेको छ। पुलिसले बतायो, आरोपीले बालकलाई व्यक्तिगत शत्रुताको कारणले अपहरण गरेको थियो र उसलाई घाइते अवस्थामा रेलवे लाइन नजिक झाड़ीमा फालिदिएको थियो। बालकलाई पछि सुरक्षित उद्धार गरी उपचारको निम्ति अस्पतालमा भर्ती गरियो।
उत्तर पश्चिम जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले आइतवार बताए, गत 4 नोभेम्बरको बिहान 3:18 बजे सुभाष प्लेस थानामा एक पीसीआर कल प्राप्त भयो कि एकजना 6 वर्षीय बालक बेपत्ता भएको छ। सिकायतकर्ता महिलाले बताई, उसको छोरा 3 नोभेम्बरको साँझ 7 बजे नजिकैको पसलमा गएको थियो, तर घर फर्केर आएको छैन। परिवारका सदस्यहरूले सबै ठाउँ खोजिसक्यो कतै पत्तो लागेको छैन। त्यसपछि पुलिसले अपहरणको मामिला दर्ता गरी जाँच शुरू गऱ्यो।
पुलिस उपायुक्त अनुसार मामिलाको गम्भीरलाई मध्यनजर गर्दै इन्स्पेक्टर तेजपाल सिंहको नेतृत्वमा दुईवटा टीम गठन गरियो। पुलिस टीमले क्षेत्रमा व्यापक रूपमा खोजी अभियान संचालन गऱ्यो। वरपरको सीसीटीभी फुटेजको जाँच गऱ्यो अनि बालकको तस्वीर स्थानीय पुलिसकर्मीहरू र वरपरको थानामा साझा गरियो। यसै खोज अवधि बालकलाई रेलवे लाइनको झाड़ीमा घाइते अवस्थामा भेटियो। त्यसपछि उसलाई तुरून्तै अस्पतालमा लगियो।
तकनीकी निगरानी र स्थानीय सूचनाको आधारमा पुलिसले शकुर बस्तीबाट आरोपी महोम्मद सामेम उपनाम बित्रा (23)- लाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीले बालकलाई अपहरण गरेको र हमला गरेको कुरा स्वीकार गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा