
पटना, 9 नोभेम्बर (हि.स.)। जनता दल यूनाईटेड (जदयू)- का प्रदेश अध्यक्ष उमेश सिंह कुशवाहाले आइतवार एक बयानमा भने, मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा आगामी 14 नोभेम्बरको दिन ऐतिहासिक बहुमत लिएर एनडीए सरकार फर्किनु निश्चित छ।
उनले भने, पहिलो चरणको 121 सीटमा जनताले जाति र धर्मका समस्याहरूदेखि माथि उक्लेर विकास र सुशासनको पक्षमा मतदान गरेका छन्। विशेष गरी बिहारका मतदाताहरूले मोदी-नीतीशको जोड़ीमाथि आफ्नो अटुट विश्वास व्यक्त गरेका छन् र यस्तै विश्वास दोस्रो चरणमा पनि जारी रहनेछ।
प्रदेश अध्यक्षले भने, नीतीश सरकारको ऐतिहासिक उपलब्धि तथा डबल इञ्जिनको विकास नीतिहरूको कारणले सम्पूर्ण बिहारमा एनडीएको छाल मात्र होइन सुनामी नै आइरहेको छ। यो अभूतपूर्व जनसमर्थन यस कुराको स्पष्ट संकेत हो कि एनडीएले पछिल्लो 2010 सालको जीतको रेकर्डलाई पछि पार्दै नयाँ इतिहास रच्न अग्रसर भएको छ।
उनले भने, नीतीश कुमारको नीति, नियत र निष्ठामाथि बिहारवासीहरूको विश्वास अडिग छ। जनताले राम्ररी बुझिसकेका छन् कि परिवारको खुशी, राज्यको समृद्धि तथा समाजमा शान्ति र सौहार्द नीतिश सरकारमा मात्र सम्भव छ। त्यसैले विपक्षले जतिनै हतकण्ठा अप्नाए पनि अब उनीहरूको दाल गल्नेवाला छैन।
उमेश कुशवाहाले भने, बिहारका जागरूक जनताले झुटो वाचा र पक्का उदेश्यबीचको अन्तरलाई राम्ररी बुझेका छन्। उनले कटाक्ष गर्दै भने, विपक्षका नेताले जनतालाई भ्रमित पार्नको लागि ‘‘तारा तिपेर दिन्छु’’ भनेको जस्तै वाचा गरिरहेका थिए, तर आगामी 14 नोभेम्बरमा जनताले उनीहरूलाई स्थायी रूपमा घरमा बसाउने काम गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा