
धर्मशाला, 09 नोभेम्बर (हि.स.)। हिमाचल प्रदेश भारतीय जनता पार्टीका प्रदेश उपाध्यक्ष एवं विधायक विपिन सिंह परमारले कंग्रेस नेता राहुल गान्धीमाथि तीव्र प्रहार गर्दै भने, राहुल गान्धीले अब राजनीति होइन, झुटको शोध संस्थान संचालन गरिरहेका छन्। हरियाणा चुनाउमा उनले भाजपामाथि लगाएको ‘भोट चोरी’- को आरोप हाँस्यास्पद र निराधार छ।
परमारले भने, राहुल गान्धीले बिहारमा हुने हारलाई स्पष्ट रूपमा देखिरहेका छन्, त्यसैले उनले पहिलाबाटै बहाना बनाउन जुटेका छन्। आइतवार जारी एक प्रेस बयानमा उनले भने, राहुल गान्धीलाई देशका जनताले बारम्बार अस्वीकार गरिसकेका छन्। अब बिहार र हरियाणामा पनि हार निश्चित भएपछि उनले पहिलाबाटै भ्रम फैलाउने चेष्टा गरिरहेका छन्।
भाजपा नेता धर्मेन्द्र प्रधान औ किरेन रिजीजूद्वारा लगाइएका आरोपहरूलाई समर्थन गर्दै विपिन परमारले भने, राहुल गान्धी चुनाउको बेलामा सँधै विदेश जान्छन्। उनले भने, जनताले साथ नदिएपछि ईभीएम र भोटिंग प्रक्रियामाथि प्रश्न उठाउने रणनीति कंग्रेसको पुरानै रणनीति हो।
विपिन सिंह परमारले भने, हिमाचल प्रदेशमा मुख्यमन्त्री सुखविन्दर सुक्खूको सरकार पनि राहुल गान्धकै मार्गमा हिँड़िरहेको छ। वाचा ठूलो, काम शून्य। उनले भने, महिलाहरूलाई, कर्मचारीहरूलाई, युवाहरूलाई अनि किसानहरूलाई दिइएको ग्यारण्टी आजसम्म कागजमै मात्र सीमित रहेको छ। प्रदेशका जनताले अब बुझिसकेका छन्, कंग्रेससित न नीति छ न नियत नै।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा